नेपालले प्राप्त गर्‍याे साढे ४ करोडभन्दा बढी कोरोना खोप, करिव साढे तीन करोड डोज लगाइयो

डिसी नेपाल
२८ माघ २०७८ १३:०२
32
Shares

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले नेपालले हालसम्म खरिद र बिभिन्न देशको अनुदान सहयोगमा ४ करोड ६५ लाख ७० हजार ७२० डोज कोरोना खोप प्राप्त गरेको बताएका छन् ।

शुक्रबार मन्त्रालयमा कार्यभार सम्हालेको एक सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा प्रगति विवरण सार्वजनिक गर्दै उनले उक्त जानकारी दिएका हुन् ।

प्राप्त गरिएकामध्ये ३ करोड ४८ लाख २५ हजार ६०१ डोज खोप लगाइसकिएको उनले जनाए ।

‘२०७८ आश्विनसम्म लक्षित जनसंख्याको एक तिहाईलाई पूर्ण खोप लगाउने लक्ष्य हासिल भैसकेको छ,’ मन्त्री खतिवडाले भने, ‘२०७८ माघ २७ गते  सम्म १२ बर्ष भन्दा माथिको लक्षित जनसंख्याको ७७ प्रतिशतलाई पहिलो मात्रा र ६९ प्रतिशतलाई पूर्ण खोप प्रदान गरिएको छ ।’

२०७९ बैशाख मसान्तसम्म लक्षित जनसंख्या सबैलाई कोभिड–१९ बिरुद्धको पूर्ण खोप प्रदान गर्ने लक्ष्य निर्धारण गरिएको उनले बताए । यसको लागि आवश्यक पर्ने खोपको मौजदात सुनिस्चित गरिसकिएको र हाल खोप लगाउने दरलाई हेर्दा यो लक्ष्य तोकिएको मितिभन्दा अगावै प्राप्त हुने दाबी उनले गरे ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *