राप्रपा अध्यक्ष लिङ्देनको प्रतिक्रिया: हिजो महाअभियोग लगाउने पात्र देउवा र प्रचण्ड थिए, अहिले नेपाल थपिए
काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले योजनावद्ध रुपमा प्रधानन्यायाधीस चोलेन्द्र सम्सेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरिएको बताएका छन्।
सत्तारुढ दलमध्ये नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले आइतबार संसद सचिवालयमा प्रधानन्यायाधीविरुद्ध महाभियोग दर्ता गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
‘स्थानीय तह चुनाव घोषणा भएपछि ५ वर्ष अघि पनि प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता भएको थियो, आज चोलेन्द्र समसेरविरुद्ध,’ लिङ्देनले ट्वीटरमा लेखेका छन्, ‘फरक यत्ती भो कि हिजो महाअभियोग लगाउने पात्र शेरवहादुर देउवा र प्रचण्ड थिए अहिले माधव नेपाल थपिए ।’
राप्रपा अध्यक्ष लिङ्देनले सत्तारुढ दलहरुले योजनाबद्ध रुपमा महाभियोग दर्ता गरेको बताएका छन् । ‘देश जोगाउन सबै सचेत बनौं,’ उनले भने।
No ads found for this position


डिसी नेपाल
Facebook Comment