सुन जस्तो देखिने अर्धठोस पदार्थसहित चिनियाँ नागरिक पक्राउ

डिसी नेपाल
१ फागुन २०७८ १४:५३

काठमाडौं। सुन जस्तो देखिने करिब ४८ सय ४० ग्राम अर्धठोस पदार्थसहित चिनियाँ नागरिक झाङ ली पक्राउ परेका छन् । राहदानी नम्बर इजे०२४८१३१ बाहक ३६ वर्षीय झाङ लीलाई प्रहरीले शनिबार पक्राउ गरेको हाे ।

हिमालय एयरको उडानद्वारा काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अराइभल ट्रनेल गेट नजिक जाँच गर्नेक्रममा चारवटा पोकामा भित्री पोसाकभित्र लुकाई ल्याएको पदार्थ फेला परेकाे हाे ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेकाे प्रहरीको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *