बागमती प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना

डिसी नेपाल
३ फागुन २०७८ २०:३६

काठमाडौं । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा आज अस्पताल भर्ना हुनुभएको छ । मुटुको शल्यक्रिया गर्न उहाँ काठमाडौँको बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग प्रतिष्ठान अस्पतालमा भर्ना हुनुभएको प्रदेश प्रमुख शर्माको प्रमुख स्वकीय सचिव पारसमणि फुँयालले जानकारी दिएका छन ।
उनकोे मुटुमा आठ वर्षअघि राखिएको पेसमेकर परिवर्तन गर्न शल्यक्रिया गर्न लागिएको हो । मुटुमा समस्या आएपछि शर्माले लामो समयदेखि पेसमेकरको सहायता लिँदै आएका थिए । शल्यक्रियापछि पनि शर्मालाई केही दिन आराम गर्नुपर्ने भएकाले करिब एक हप्ताको समय उनी अस्पतालमा नै रहने प्रमुख स्वकीय सचिव फुँयालले बताए । शर्मा लामो समयदेखि मुटु रोगसम्बन्धी समस्याबाट पीडित रहेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *