आफ्ना बलात्कारी श्रीमानलाई जोगाउन श्रीमतीले पीडितलाई सौता बनाइन् तर…

डिसी नेपाल
४ फागुन २०७८ १६:२५

काठमाडौं। आफ्ना बलात्कारी श्रीमानलाई सजायबाट बचाउनका लागि एक महिलाले पीडित युवतीलाई आफ्ना श्रीमानसँग बिहे गराइदिएर आफ्नी सौता बनाइन् । उनले गहिरो षड्यन्त्र अनुसार पीडित युवतीलाई ललाइफकाइ आफ्ना श्रीमानसँग बिहे गराइदिएकी थिइन् । बिहे गराइदिएपछि पीडित युवतीले पुलिसमा उजुरी गरिनन् ।

बिहे भइसकेपछि भने पति र पत्नी मिलेर पीडित युवतीलाई प्रताडित गर्न थाले । आरोपी पति र उनकी पत्नीले पीडित युवतीलाई गालीगलौज गर्ने गर्थे । यसबाट दिक्क भएपछि पीडित न्यायको लागि अदालत पुगेकी छिन् । मध्य प्रदेशको भोपालका यी आरोपी पति रेलवेमा तैनाथ थिए । उनलाई बलात्कारको आरोपबाट बचाउन पत्नीले बलात्कार पीडितसँग पतिको बिहे गराइदिएकी थिइन् ।

बिहेपछि भने पति पत्नी दुवैले ती युवतीलाई आफ्नो साथमा राख्न अस्वीकार गरे । दिक्क भएकी पीडित अदालत पुगिन् । भारतीय मिडियाका अनुसार अदालतको आदेशपछि आरोपी पतिविरुद्ध बलात्कारको मुद्दा चलाइएको छ भने उनकी पत्नीविरुद्ध धोकाधडीको मुद्दा चलाइएको छ । पुलिसका अनुसार पीडित २५ वर्षकी युवती निजी कम्पनीमा काम गर्छिन् ।

२०१८ मा पीडित युवती र आरोपी दशरथ सतालेको भेट भएको थियो । दशरथले उनलाई प्रेममा फसाएर शारीरिक शोषण गरे । पछि युवतीले दशरथ विवाहित भएको थाहा पाइन् । उनी दशरथ विरुद्ध बलात्कारको मुद्दा हाल्न पुलिसमा जान खोजिन् । त्यसपछि दशरथकी पत्नी विनिताले आफूले नै उनीहरुको विवाह गराइदिने र पीडितलाई सौताको रुपमा स्वीकार गर्ने बताइन् ।

बिहेको कुरा आएपछि ती युवती राजी भइन् । दुवैको एक मन्दिरमा बिहे भयो । बिहेको केही समयपछि दशरथले युवतीलाई आफूसँग राख्न अस्वीकार गरे । त्यसपछि पीडितले अदालतमा उजुरी दिइन् । अदालतको आदेशपछि पुलिसले दुवै आरोपीविरुद्ध मुद्दा अगाडि बढाएको छ । तर, आरोपीहरु गिरफ्तार भने भइसकेका छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *