कुशीनगरमा डरलाग्दो घटना, कम्तीमा १३ जना महिलाको मृत्यु

डिसी नेपाल
५ फागुन २०७८ १०:५७

काठमाडौं। भारतको उत्तर प्रदेशको कुशीनगरमा निकै डरलाग्दो घटना भएको छ । यहाँको नौरंगिया टोलामा भएको यो घटनामा १३ जना महिलाको मृत्यु भएको छ । बुधबार राती ‘हल्दीको रस्म’को क्रममा भएको दुर्घटनामा मारिनेहरु महिला र बालिकाहरु छन् । जानकारीअनुसार गाउँमा एउटा बिहे हुँदै थियो । यही बिहेको लागि हल्दीको कार्यक्रम भइरहेको थियो । महिलाहरु एउटा इनारमाथि स्ल्याब राखेर त्यही स्ल्याबमाथि बसेका थिए ।

कार्यक्रम चलिरहेको बेला अचानक स्ल्याब भाँचियो र त्यहाँ बसिरहेका सबै इनारभित्र खसे । दुर्घटनाको जानकारीपछि त्यहाँ पुगेको पुलिस टोलीले उद्धारको काम सुरु गरेको थियो । गाउँका उक युवकले बताएअनुसार घटनापछि पटक पटक एम्बुलेन्सलाई फोन गरिएको थियो । १० जनाले पटक पटक एम्बुलेन्सको लागि फोन गरेको भए पनि कुनै एम्बुलेन्स नपुगेको उनले बताए ।

घटनास्थलबाट केवल ३ किलोमिटरको दूरीमा अस्पताल छ । घटनापछि एम्बुलेन्स नआएपछि निजी र पुलिसको जीपमा घाइतेहरुलाई अस्पताल लगियो । घटनापछि त्यहाँ रहेका केही युवकहरुले डोरीको सहारामा इनारमा गएर उद्धार गर्न सुरु गरेका थिए । केही बेरमा पुलिस पुगेपछि पुलिसले पनि उद्धार अभियान सुरु गरेको थियो । परिवारका अनुसार स्ल्याब भाँचिन्छ भन्ने कुनै अनुमान थिएन । तैपनि मानिसहरुलाई त्यहाँ नजान भनिएको थियो तर नाच हेर्नका लागि मानिसहरु यति मग्न थिए कि कसैले पनि कुरा सुनेनन् ।

घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । उनले ट्वीट गरेका छन् ‘उत्तर प्रदेशको कुशीनगरमा भएको दुर्घटना हृदयविदारक छ । यसमा जसले आफ्नो ज्यान गुमाउनु परेको छ उनीसहरुप्रति गहिरो समवेदना प्व्यक्त गर्दछु । यसका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । स्थानीय प्रशासन हरसम्भव सहयोगमा जुटेको छ ।’ यसका साथै प्रधानमन्त्री मोदीले ज्यान गुमाउनेका परिवारलाई प्रधानमन्त्री राहत कोषको तर्फबाट २–२ लाख र घाइतेलाई ५० हजार राहतको घोषणा गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *