भिस्तारा एयरको उडिरहेको जहाजको हाइड्रोलिक फेल, १ सय ४६ यात्रुको जीवन जोखिममा

डिसी नेपाल
५ फागुन २०७८ १२:५८

काठमाडौं। भारतको पंजाबको अमृतसर गइरहेको भिस्तारा एयरको जहाजको हाइड्रोलिक फेल भएपछि दिल्लीमा आकस्मिक अवतरण गरिएको छ । घटनाका बेला विमानमा १ सय ४६ यात्रु थिए । यो आपतकालीन अवतरण आज बिहान भएको हो । जहाजमा प्राविधिक समस्या आएको बताइएको छ । प्रारम्भिक जाँचमा हाइड्रोलिक फेलियर भएको बताइएको छ ।

यो विमान दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाटै उडेको थियो र पछि यही विमानस्थलमा फर्काएर आपतकालीन अवतरण गरियो । विमान उडिसकेपछि पाइलटलाई विमान नियन्त्रण गर्न कठिनाइ भएको थियो । त्यसपछि पाइलटले एयरपोर्ट अथोरिटीसँग कुरा गरेका थिए । लगत्तै इमरजेन्सी अलार्म बजाइयो र पुलिस, फायर ब्रिगेड अलर्ट मोडमा रहे । जहाजलाई विमानस्थलको टर्मिनल २ को रनवे २८ मा अवतरण गरियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *