अमेरिकाले फेरि भन्यो–युक्रेनको सीमाबाट रुसी सेना हटेको दाबी झुट

डिसी नेपाल
५ फागुन २०७८ १४:४३
56
Shares

मस्को। युक्रेनसँगको सिमानाबाट आफ्ना सेनाहरू हटाउँदै गरेको रुसी दाबी ‘झूटो’ भएको अमेरिकी एक वरिष्ठ अधिकारीले बताएका छन् । पछिल्ला दिनमा थप ७ हजार रुसी सेना सीमामा थपिएकोसमेत उनले दाबी गरेका छन् ।

युक्रेनमा कुनै पनि बेला अतिक्रमण गर्न रुसले ‘झुट’ बहाना गर्न सक्ने ती अधिकारीले बताएको बीबीसीले जनाएको छ । पत्रकारहरुसँग कुराकानी गर्दै ती अधिकारीले ‘युक्रेनसँगको सीमाबाट रुसी सेना फर्किएको’ भन्ने रुसी दाबीमाथि शंका गरे ।

‘त्यो दावीको लागि उनीहरुले संसारभरको ध्यानकर्षण गरेका थिए । हामीलाई थाहा छ की त्यो गलत हो’, उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *