रुसको आक्रमणको त्रासका बीच युक्रेनका जनताको दैनिक जीवन कस्तो छ ?
काठमाडौं। रुस र युक्रेनबीच युद्धको खतरा टरेको छैन । तनाव अहिले पनि जारी छ । अर्कोतर्फ युक्रेनका सहरमा मानिसहरु आरामसँग जीवन बिताइरहेका छन् । यहाँ अनुहारमा मुस्कान छ । बाहिरी संसारमा के चलिरहेको छ त्यसको उनीहरुलाई कुनै पर्वाह नभएजस्तो देखिन्छ । पूरै विश्वले रुस र युक्रेनको युद्धको अनुमान गरिरहेको छ तर पूर्वी युक्रेनको मारियुपोल सहरमा बालबालिकाहरु पार्कमा खेलिरहेका र हिउँमा स्की गरिरहेका देखिन्छन् ।
रिपोर्टका अनुसार रुसले युक्रेनको सीमाबाट केही सैनिक फिर्ता बोलाएको छ तर युक्रेन समेत अमेरिकालाई यसमा शंका छ । रुसको दावीमा विश्वास गरिएको छैन । बेलायत र अमेरिका अहिले पनि रुसले युक्रेनमा आक्रमण गर्न सक्ने भन्दै आएका छन् । यतिमात्र होइन हालै युक्रेनमाथि साइबर आक्रमण भयो । तर, यसको असर पनि मारियुपोल सहरका जनतामा परेको छैन । मानिसहरु रेष्टुरेन्टमा खाना खाइरहेका छन्, शपिङ मलमा घुमिरहेका छन् ।
कोस्ट गार्डका इहोर चेरतोभ जसले युद्धपोतको खोजीमा आजोभ सागरमा गस्ती गर्छन्, उनी भन्छन् ‘यस्तो लागिरहेको छ हामीले भन्दा धेरै पश्चिमी देशले हाम्रो चिन्ता गर्छन् ।’ यद्यपि युक्रेनका जनतालाई थाहा छ कि यदि आक्रमण भयो भने अवस्था कुन हदसम्म बिग्रिन सक्छ किनकि यसअघि २०१४ मा जब रुसले क्रिमियामा कब्जा गरेको थियो त्यतिबेला कैयौं हजार मानिसको ज्यान गएको थियो । त्यसपछि केही मानिसहरु राष्ट्रपति भ्लादिमिर पुटिनको छायामा रहन अभ्यस्त भइसकेका छन् ।
यहाँका जनताको मनमा डर निश्चय छ तर उनीहरु सामान्य जीवन बाँच्ने पूरा प्रयास गरिरहेका छन् । बाहिरी स्थितिलाई लिएर उनीहरु डराइरहेका पनि छन् । सम्भावित रुसी आक्रमणको खतरालाई लृष्टिगत गर्दै युक्रेनका आम जनताले पनि कम्मर कसेका छन् । आम जनता स्वेच्छाले सेनासँग मिलेर नक्कली बन्दुकको माध्यमबाट कुनै पनि खतराको सामना गर्नको लागि सैन्य अभ्यास गरिरहेका छन् । उनीहरुका अनुसार रुस र युक्रेनबीच यो मुसा बिरालाको खेल हो जो अहिले सुरु भएको छ ।
३५ वर्षकी मेरिना हेटमानोभाका अनुसार उनी आफ्नो साथमा एउटा सुटकेस राख्छिन् जसमा प्राथमिक उपचार किट छ । साथमा उनी आफ्नो कारको पेट्रोल ट्यांकी पनि पूरा भरेर राख्छिन् जसबाट उनी कठिन परिस्थिति आउँदा बच्नको लागि तयार रहुन् । उनले भनिन् ‘म रुसमा बस्न चाहन्न । म पश्चिमी युक्रेन वा पोल्याण्ड वा जर्मनी जान्छु । अहिलेको स्थितिको बारेमा मलाई केही थाहा छैन । आक्रमण कुनै पनि बेला हुन सक्छ त्यसपछि के हुन्छ मलाई थाहा छैन । म बस मर्न चाहन्न ।’
तस्वीरहरूः न्यूयोर्क टाइम्स































डिसी नेपाल







Facebook Comment