यी हुन् विश्व इतिहासमा आजका घटनाक्रम

डिसी नेपाल
६ फागुन २०७८ ६:२६
48
Shares

आज सन् २०२२ को १८ फेब्रुबरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

चर्च अफ साइनटोलोजी स्थापना

सन् १९५४ मा पहिलो पहिलो चर्च अफ साइनटोलोजी स्थापना भएको थियो । स्थापनाकालदेखि नै विवादित यस संस्थामा हजारौं सदस्यहरु छन् ।

प्लुटो फेला

सन् १९३० मा प्लुटो फेला परेको थियो । क्लाइड डब्लू टोम्बागले एक महिना अघि खिचेका तस्बिरहरूका आधारमा सबैभन्दा सानो ग्रह पत्ता लागेको थियो ।

जेफर्सन डेभिसको सपथ

सन् १८६१ को १८ फेब्रुबरीमा जेफर्सन डेभिसले संयुक्त राज्य अमेरिकाको अस्थायी राष्ट्रपतिको रुपमा सपथ लिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *