सिंगापुरका प्रधानमन्त्रीले भारतीय सांसदमाथि गरेको टिप्पणीबारे नयाँ दिल्लीको आपत्ति

डिसी नेपाल
६ फागुन २०७८ ९:०६

नयाँ दिल्ली। सिंगापुरका प्रधानमन्त्रीले संसदमा भारतीय सांसदमाथि गरेको टिप्पणीबारे भारत सरकारले आपत्ति जनाएको छ । सिंगापुरका प्रधानमन्त्री ली सिएन लुङले भारतको तल्लो सदन लोक सभाका सांसदहरुले फौजदारी अभियोग सामना गरेको विषयलाई लिएर परराष्ट्र मन्त्रालयले सिंगापुरका राजदूतलाई बोलाएर आपत्ति जनाएको हो ।

सिंगापुरका प्रधानमन्त्रीको भनाईलाई भारत सरकारले अस्वीकृत गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सिंगापुरमा लोकतन्त्रसम्बन्धी संसदीय बहसका क्रममा १५ फेब्रुबरीमा प्रधानमन्त्री लुङले भनेका थिए, ‘सञ्चार माध्यमहरुमा आएअनुसार भारत एउटा यस्तो देश भएको छ जहाँ लोकसभाका झन्डै आधा सांसदहरूमाथि बलात्कार र हत्याको आरोपसहितका आपराधिक मुद्दा विचाराधीन छन् । ’

भारतका प्रथम प्रधानमन्त्री पण्डित जहवारलाल नेहरुको विरासतलाई सन्र्दभ दिँदै उनले देशको जग उच्च आदर्श र महान सिद्धान्तले खडा भएको बताएका थिए ।

नेहरुलाई उदृत गर्दै प्रधानमन्त्री लुङले अधिकांश देशहरु उच्च भावना र महान सिद्धान्तले सृजना भएको बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *