दोस्रो सन्तानको बाबु भने ट्विटरका सीइओ, बसे २० साता पितृत्व बिदा

डिसी नेपाल
६ फागुन २०७८ ९:५५

न्युयोर्क।  दोस्रो सन्तान जन्मिएपछि ट्विटरका सीईओ पराग अग्रवाल पितृत्व बिदामा बसेका छन् । उनको बिदा गत साता घोषणा गरिएको थियो, तर कहिलेबाट बस्दैछन भन्ने केही प्रष्ट पारिएको छैन् ।

वासिंगटन पोस्टको एउटा रिपोर्टअनुसार अग्रवालले कम्तिमा २० साता पितृत्व बिदामा बस्छन् । सामान्यतया कम्पनीले यो बिदा दिन्छ ।

वासिंगटन पोस्टसँगको कुराकानीमा कम्पनीकी कर्पोरेट कम्युनिकेसन प्रमुख लाउरा यागेरम्यानले भनिन्, ‘ट्विटरमा हामी अभिभावकीय बिदा लिने कर्मचारीहरूलाई प्रोत्साहन र पूर्ण समर्थन गर्छौ ।’

तर, बिदा मामिला व्यक्तिगत भएको उनले बताइन् । बाल हेरचाहको लागि बिदा लिने परागको निर्णयलाई उनका साथीहरुले स्वागत गरिरहेका छन् ।

कर्पोरेट कम्युनिकेसन विभागका ब्रेन्डन लीले लिंक्डइनमा लेखेका छन्, ‘ट्विटर र हाम्रा सीईओ पराग अग्रवालले यहाँ गरिरहेको नेतृत्वप्रति गर्व छ । सबै अभिभावक आफ्नो परिवारका लागि यो सबैभन्दा विशेष समयको फाइदा उठाउन सक्षम छन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *