भूमध्यसागरमा २३७ यात्रु सवार क्रुज जहाजमा आगो लाग्यो

डिसी नेपाल
६ फागुन २०७८ ११:१८

रोम। भूमध्यसागरको लोनियन समुद्रमा इटालीको झन्डा फहराउँदै अगाडि बढेको एउटा क्रुज जहाजमा आगो लागेको छ। जहाजमा २३७ यात्रु र चालक दलका ५१ सदस्यहरु रहेको ग्रीकको बन्दरगाह प्रहरीले जनाएको छ।

जहाजका यात्रुलाई उद्दार गर्न तीन ओटा टग बोट (जहाजलाई तान्ने शक्तिशाली डुंगा) र तीन ओटा गस्ती डुंगा घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ। सो जहाज ग्रीसको सहर इगोउमेनिस्ताबाट इटालीतर्फ बढेको बताइएको छ । ‘युरोफेरी ओलम्पियाका क्याप्टेनले डुंगा छोड्न भनेका छन,’ प्रहरीले जनाएको छ।

क्षतिबारे विवरण सार्वजनिक भएको छैन। आगलागीको कारण नखुलेको र त्यसबारे अनुसन्धान सुरु गरिएको ग्रीसको तटीय गार्डले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *