अहमदाबाद बिस्फोटः ३८ जनालाई मृत्युदण्ड, ११ जनालाई आजिवन कारावासको सजाय

डिसी नेपाल
६ फागुन २०७८ १४:०४

नयाँ दिल्ली। भारतको गुजरात राज्यको अहमदाबाद सहरमा सन् २००८ मा भएका शृंखलाबद्ध बम बिस्फोटका ३८ जना दोषीलाई मृत्युदन्ड सजाय सुनाइएको छ । एउटा विशेष अदालतले शुक्रबार सो सजाय सुनाएको हो । सो बिस्फोटका करिब ८० आरोपितमाथि मुद्दा चलाइएको थियो । सन् २००८ को २६ जुलाईमा भएका ती बिस्फोटमा ५६ जनाको मृत्यु भएको थियो ।

७० मिनेटको अन्तरालमा भएका २१ ओटा बिस्फोटका घटनामा २०० भन्दा बढी घाइते भएका थिए । सो घटनामा संलग्न रहेको अभियोगमा विशेष अदालतका न्यायाधीश एआर पटेलले अन्य ११ जना दोषीलाई आजीवन कारावासको सजाय सुनाएका छन् ।

यही ८ फेब्रुबरीमा गुजरातको एक अदालतले घटनामा ४९ जनालाई दोषी ठहर गर्दै २८ जनलाई सफाइ दिएको थियो । १३ वर्ष पुरानो मुद्दामा अदालतले गत वर्ष सेप्टेम्बरमा सुनुवाइ समाप्त गरेको थियो ।

प्रहरीले प्रतिबन्धित स्टुडेन्ट्स इस्लामिक मुभमेन्ट अफ इन्डिया (एसआइएमआई) को गुट इन्डियन मुजाहिद्दिन नामक अतिबादी समूहमा आबद्ध व्यक्ति सो घटनामा संलग्न रहेको दाबी गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *