व्यंग्य कविता : जनसंख्या बढाउने उपाय
बिचित्रका आवश्यकता आउने कहिले-कहिले
घाँडो थियो जन्मदर चिज पो भयो अहिले!
किरादेखि चरासम्म घिच्छन भेटे जती
कोभिड जस्ता महामारी भित्र्याउने हुन कती!
भेटे जति सबै खाछन् लगाइ-लगाइ शुत्र
खान मात्र बाँकि रह्यो मानब मल मुत्र
यो सृष्टिको सर्वश्रेष्ठ ठान्छ अझ मानव
यती साह्राे अघोरी त थिएनन् होला दानव!
महामारिले खायो मान्छे घट्यो जन्म दर
लोप हुन्छ कि यही पाराले लाग्न थाल्यो डर
समयले मागे पछि के लाइ मान्नु लाज
भ्यालेन्टाइनमा बिदा दिनु पर्ने भयो आज
चाडवाड भन्दै बिदा दियौं छाडवाड भनि देउ
धर्म मात्र बुझेउ अब मर्म बुझी लेउ
जन्मदरै खुस्किएर यस्तो हालत भयो
फुर्सदै पो मिलेन कि यस्तो हुन गयो
पाएनन् रे कतीले त भ्यालेन्टाइनमा भेट्न
सँग सँगै बसेर मनका रहर मेट्न
एक दिन भा नि बिदा देउ भो बयस्क ती छानी
ढुक्क भएर गरुन तिन्ले आफ्नो मनोमानी
कती पाउन्नन् मिलन हुन कती जन्म लिन
अस्थितवमै सङ्कट आउदा व्यापार मात्रै किन?
प्रबिधिको दुरुपयोग भो बन्द गर साधन
व्यापार मात्र बढ्यो यहाँ रित्तो भयो आँगन
एक्लो भयो चौतारी नि शून्य बनपाखा
बेग्लै आयो मातृत्व नि बस्छन कुकुर काखा
बिदा देउ भो भ्यालेन्टाइनमा गरि पसल बन्द
बढ्थ्यो कि खै जनसंख्या बरु मन्द-मन्द।
No ads found for this position

डिसी नेपाल
Facebook Comment