कुशल भुर्तेलको शानदार शतक

डिसी नेपाल
७ फागुन २०७८ १३:१६

काठमाडौं। २०२२ को आइसीसी विश्वकपको ग्लोबल छनोट अन्तर्गत आज भइरहेको खेलमा नेपाली ओपनर कुशल भुर्तेलले शानदार शतक प्रहार गरेका छन् । फिलिपिन्सविरुद्धको खेलमा कुशलले ५७ बलमा शतक प्रहार गरेका हुन् । यस क्रममा उनले १४ चौका र १ छक्का हाने ।

यससँगै कुशल टि–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने तेस्रो नेपाली खेलाडी बनेका छन् । यसअघि नेपालका पूर्वकप्तानहरु पारस खड्का र ज्ञानेन्द्र मल्लले पनि टि–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गरेका थिए । पारसले सिंगापुरविरुद्ध र ज्ञानेन्द्रले भुटानविरुद्ध शतक हानेका थिए । शतक हान्ने खेलमा पारस र ज्ञानेन्द्र दुवै टिमका कप्तान थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *