नेपालले फिलिपिन्सलाई दियो २१९ रनको विशाल लक्ष्य

डिसी नेपाल
७ फागुन २०७८ १३:२३

काठमाडौं। २०२२ को आइसीसी विश्वकपको ग्लोबल छनोट अन्तर्गत आज भइरहेको खेलमा नेपालले फिलिपिन्सलाई २०१९ रनको विशाल लक्ष्य दिएको छ । ओमनको अल अमिरात क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २१८रन बनाएको हो ।

नेपालको ओपनिङ पार्टनरसिप भने राम्रो हुन सकेको थिएन । नेपालले पहिलो विकेट दोस्रो ओभरमै गुमाएको थियो । आसिफ शेख शून्यमै आउट भएका थिए । त्यतिबेला नेपालको स्कोर केवल ९ रन थियो । नेपालले ३६ रनको स्कोर बनाउँदा कुशल मल्ल पनि व्यक्तिगत १२ रनबा आउट भए ।

त्यसपछि भने ओपनर कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरीले शानदार साझेदारी गरे । उनीहरुले कूल १७१ रनको साझेदारी गरे । कुशल भुर्तेल १०४ रनमा नटआउट रहे । दिपेन्द्र ४७ बलमा ८३ रन बनाएर आउट भए । लोकेश बम ६ रनमा नटआउट रहे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *