च्यासल बी डिभिजनमा घटुवा

डिसी नेपाल
७ फागुन २०७८ १७:३०

काठमाडौं । सहित स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार भएको पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग २–१ अन्तरले पराजित हुँदै च्यासल युथ क्लब रेलिगेसनमा परेको छ । यो जितसँगै फ्रेन्ड्सले भने रेलिगेसन टारेको छ । च्यासल भने १२औँ चरणमा आएर बी डिभिजन लिगमा घटुवा भएको हो ।

खेलको ३८औँ मिनेटमा कप्तान नथाजियल जर्ज गार्सियाको हेडरलाई टच दिँदै जमोल एन्थोनी फ्रान्कोइसले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए । ४१औँ मिनेटमा च्यासलका अभिषेक लिम्बूले जमोल एन्थोनीलाई पेनाल्टी बक्सभित्र लडाए पछि फ्रेन्ड्सले पेनाल्टी पाएको थियो । खेलको ४३औँ मिनेटमा जमोल एन्थोनीको पेनाल्टी गोलमा परिणत भएपछि फ्रेन्ड्सको दोहोरो अग्रता बनायो ।

खेलको ५६औँ मिनेटमा मोउसा अवगानाले पेनाल्टीमा सान्त्वना गोल गरे । खेलको ५४औँ मिनेटमा फ्रेन्ड्सका गोलरक्षक राहुल रामचन्द्र यादवले च्यासलका फरवार्ड राजिव लोप्चनलाई पेनाल्टी बक्स भित्र फल गरेपछि च्यासलले पेनाल्टी पाएको हो ।

यसअघि खेलमा दुवै टोलीले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । खेलको पाँचौं मिनेटमा फ्रेन्ड्सका निशेन सुब्बाको सटलाई प्रदिप भण्डारीको हातमा पुगेको हो । त्यस्तै च्यासलका मोउसा अवगानाको सट बार माथिबाट बाहिरिएको थियो ।

हारसँगै यस सिजनका लागि च्यासल रेलिगेसनमा पर्ने पहिलो टोली बनेको छ । च्यासलले १२ खेलबाट ६ अंक मात्र जोडेको छ । फ्रेण्ड्सले यस जितसँगै १० अंक जोड्दै १२औँ स्थानमा छ ।

२०७३ सालमा बी डिभिजन जितेर पहिलो पटक ए डिभिजनमा उक्लेको च्यासलले २०७५ र २०७६ मा ए डिभिजन खेलेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *