स्पेनिस ला लिगा: रियल र एट्लेटिको विजयी

डिसी नेपाल
८ फागुन २०७८ ७:१०
48
Shares

काठमाडौं। स्पेनिस ला लिगाको शनिबार राति भएको खेलमा लिग लिडर रियल मड्रिड र एट्लेटिको मड्रिड समान ३-० अन्तरले विजयी भएका छन्।

रियलले घरेलु मैदानमा डिपोर्टिभो अलाभेसलाई दोस्रो हाफमा लगातार तीन गोल गर्दै ३-० अन्तरले पराजित गर्‍याे। रियलको जितमा मार्को एसेन्सियो, भिनिसियस जुनिअर र कप्तान करिम बेन्जेमाले एक एक गोल गरे।

अर्को खेलमा भ्रमणकारी टोली एट्लेटिकोले ओसासुनालाई ३-० अन्तरले पराजित गर्दै शीर्ष चारमा रह्यो। एट्लेटिकोको जितमा जोआओ फेलिक्स, लुइस सुआरेज र एन्जल कोरेयाले एक एक गोल गरे।

जितसंगै २५ खेलबाट ५७ अंक बनाएको रियल शीर्ष स्थानमा छ। एट्लेटिको भने समान खेलबाट ४२ अंक बनाएर चौथो स्थानमा छ। यता पराजित अलाभेस २० अंक सहित रेलिगेशन जोनमा छ भने ओसासुना ३२ अंक सहित नवौं स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *