किसुनजी स्मृति म्याराथन चैत्रमा हुने
काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघको तत्त्वावधान तथा बागमती प्रदेश संघको आयोजनामा दोस्रो किसुनजी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाफ म्याराथन प्रतियोगिता १९ चैत्रमा हुने भएको छ ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी गराएको हो । नेपाली काँग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको ९किसुनजी० को स्मृतिमा संघले दोस्रो पटक प्रतियोगिता आयोजना गर्न लागेको हो ।
अनुमानित ११ लाख लागत रहेको प्रतियोगिताका विजयी खेलाडीहरूले नगद ५० हजार, उपविजयी खेलाडीहरूले नगद ३० हजार र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीहरूले नगद २० हजार प्राप्त गर्ने छन् ।
अघिल्लो संस्करणको तुलनामा यस पटक पुरस्कार राशिलाई दोब्बर बनाइएको समेत पत्रकार सम्मेलनमा अध्यक्ष दीपक गुरुङले जानकारी गराए ।
प्रतियोगिताको रुट गोल्फु टार बास्केटबल कोर्टबाट सुरु भई धुम्बाराही चोक, सुकेधारा, चाबहिल, जयबागेश्वरी, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी, हात्तीसार, जयनेपाल, दरबारमार्ग, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, गोल्फु टार, नारायणथान हुँदै पुन गोल्फु टार बास्केटबल कोर्ट रहेको छ
No ads found for this position

डिसी नेपाल
Facebook Comment