अभिनेत्री रश्मिका मन्डन्नाको फेसन र स्टाइलमा फ्यान फिदा

डिसी नेपाल
१२ फागुन २०७८ १३:५२

एजेन्सी। आफ्नो उत्कृष्ट अभिनय र ग्ल्यामरस स्टाइलका लागि परिचित अभिनेत्री रश्मिका मन्डन्नालाई नेशनल क्रसको ट्याग दिईएको छ। फिल्म ‘पुष्पाः द राइज’को सफलतापछि उनको फ्यान फलोइङ निकै बढेको छ । सामाजिक सञ्जालमा उनको पछिल्लो तस्विरको प्रतिक्षामा फ्यानहरु छन्। यी सुन्दर अभिनेत्रीको भर्खरको तस्विरले सामाजिक सञ्जालमा आतंक मच्चाएको छ । थाई हाई स्लिट, कालो स्ट्र्यापलेस गाउनमा अभिनेत्रीको पछिल्लो लुकले साँच्चै ग्लैमरको नयाँ परिभाषा लेखिरहेको छ।

कालो स्ट्र्यापलेस गाउनमा रश्मिकाको तस्बिर सामाजिक सञ्जालमा आगोझैँ फैलिरहेको छ । आफ्नो कपाल सिल्की राखेर र हाई हिल लगाएर यस लुकमा नायिकाले सबैको मन जितेकी छिन् ।

भारतीय पोशाकमा रश्मिका मन्डन्ना झनै सुन्दर देखिन्छिन् । हालै, नीलो रंगको लेहेंगाको साथ गहिरो घाँटीको ब्लाउज लगाएर आफ्नो इन्स्टाग्राममा फोटो सेयर गरेकी थिइन् । अभिनेत्रीले मनिष मल्होत्राले डिजाइन गरेको लेहेंगासँग सुनको झुम्का लगाएकी थिइन् र लुक पूरा गरिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *