पुटिनले जेलमा हालेका रुसका विपक्षी नेता एलेक्सी नभाल्नीको यस्तो बयान
काठमाडौं। जेलमा रहेका रुसी विपक्षी नेता एलेक्सी नभाल्नीले रुस शान्तिप्रिय देश बन्न चाहेको तर अपशोच निकै कम कानिसहरुले मात्रै रुसलाई शान्तिप्रिय देश भन्ने बताएका छन् । युक्रेनमाथि रुसको आक्रमणको चर्चा गर्दै उनले मंगलबार उकपछि अर्को गरी कैयौं ट्वीट गरे ।
उनले भने ‘आउनुहोस् कमसेकम हामी डराएर चुप भएका जनताको देश त नबनौं । हामी यस्ता कायरहरुको देश नबनौं जो युक्रेनविरुद्ध आक्रमक युद्धलाई ध्यान नदिने बहाना बनाओस् । त्यो युद्धमाथि जसलाई हाम्रा सनकी जारले सुरु गरेका छन् ।’
उनले सय वर्ष पुरानो छद्म ऐतिहासिक बकवास घटनाहरुलाई आधार बनाएर युक्रेनीहरुलाई मारिँदा र युक्रेनीको आत्मरक्षामा रुसीहरु मारिँदा आफू चुपचाप बस्न नसक्ने बताए । नभाल्नीले अहिले २१ औं शताब्दीको तेस्रो दशक भएको बताउँदै अहिले आफुहरुले मानिसहरुले ट्यांक जलाएको र घरहरुमा बमबारी गरिरहेको देखिरहेको बताए ।
उनले भने ‘अहिले हामीले आफ्ना टिभीमा परमाणु युद्ध सुरु हुने वास्तविक खतरा देखिरहेका छौं । म स्वयं सोभियत संघको हुँ । म जन्मिएपछि सानैदेखि एउटा वाक्य सुन्दै आएको छु शान्तिको लागि युद्ध । म सबैसँग अपिल गर्छु कि सडकमा उत्रिनुस् र शान्तिको लागि लड्नुस् ।’
नभाल्नीले अगाडि भने ‘पुटिन रुस होइनन् । आज यदि तपाइँले रुसमा केही पनि राम्रो देख्नुहुन्छ जसमाथि तपाइँलाई गर्व लाग्छ भने त्यो ती ६८२४ जनाको कारणले हो जसलाई कैद गरेर राखिएको छ । किनकि उनीहरु कुनै अपिल बिना ‘युद्ध चाहिँदैन’ भन्ने ब्यानर बोकेर सडकमा उत्रिए ।’







डिसी नेपाल







Facebook Comment