स्थानीय तहको निर्वाचन मितिले सर्यो ‘कबड्डी ४’
काठमाडौं । प्रतीक्षित फिल्ममध्येको एक ‘कबड्डी ४ः द फाइनल म्याच’ ले नयाँ प्रदर्शन मिति घोषणा गरेको छ ।
पूर्वघोषित मितिमा सरकारले स्थानीय तहको निर्वाचन हुने घोषणा गरेसँगै फिल्म युनिटले १३ जेठमा रिलिज हुने घोषणा गरेको हो । फिल्म वैशाखमा रिलिज हुने तय थियो ।
निर्देशक रामबाबु गुरुङले फिल्मको नयाँ पोस्टरसँगै फिल्मको नयाँ डेट सार्वजनिक गरेका छन् । नेपाली फिल्मको हिट फ्रेन्चाइज ‘कबड्डी’ को चौथो शृंखलालाई ‘द फाइनल म्याच’ भनिएको छ । यस शृंखलामा कथा सकाइने बताइएकाले गर्दा पनि फिल्म झनै प्रतीक्षित बनिरहेको छ ।
बाँसुरी फिल्मसको प्रस्तुतिमा तयार भएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ ।
फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ । फिल्ममा विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेलको लगानी छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment