रुसको सेनालाई रोक्न यसरी उर्लिए युक्रेनी जनता, राजधानी किभबाट तस्वीर सार्वजनिक

डिसी नेपाल
१९ फागुन २०७८ १६:०२

काठमाडौं। रुसले युक्रेनमा आक्रमण सुरु गरेको ८ दिन भएको छ । दिन बित्दै जाँदा रुसको आक्रमण झनै तीब्र हुँदै गएको छ । रुसले युक्रेनका कैयौं क्षेत्र आफ्नो नियन्त्रणमा लिएको छ । राजधानी किभमा लगातार विष्फोट भइरहेको खबर छ । यही बीच युक्रेनले ठूलो संख्यामा आफ्ना जनता मैदानमा उत्रिएर रुसी सैनिकको प्रतिरोध गरिरहेको दावी गरेको छ ।

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले एक तस्वीर शेयर गरेर दावी गरेका छन् कि एक षेत्रमा ठूलो संख्यामा युक्रेनी जनता मैदानमा उत्रिएर रुसी सैनिकको बाटो रोकिदिए । कुलेबाका अनुसार यस्ता कैयौं तस्वीर र भिडियोहरु सार्वजनिक भएका छन् । यसका साथै कुलेबाले सहयोगी देशहरुसँग रुसको हवाइ आक्रमण विरुद्ध युक्रेनलाई सहयोग गर्न अपिल गरेका छन् ।

यसअघि स्वेडेनको सेनाले रुसका ४ लडाकू विमानले हवाइ सीमामा लगाइएको प्रतिबन्धको उल्लंघन गरेको आरोप लगाएको थियो । कैयौं युरोपेली देशहरुजस्तै स्वेडेनले पनि रुसमाथि आफ्नो घरेलु हवाइ क्षेत्रमा प्रतिबन्ध लगाएको छ । यद्यपि स्वेडेन नेटोको सदस्य देश भने होइन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *