पुटिनको चेतावनी-थप प्रतिबन्ध लगाएर स्थिति खराब गर्ने काम नहोस्

डिसी नेपाल
२० फागुन २०७८ १९:३२
एजेन्सी । युक्रेनमाथि रुसको आक्रमणको विरोध गर्ने देशहरुलाई रुसका राष्ट्रपति भ्लादमिर पुटिनले चेतावनी दिएका छन् ।

उनले रुसमाथि थप प्रतिबन्धहरु लगाएर स्थितिलाई अरु खराब नगर्न अमेरिका सहितका पश्चिमा देशहरुलाई चेतावनी दिएका हुन् ।

यो टिप्पणी त्यतिबेला आएको हो जतिबेला पुटिन एक सरकारी बैठकलाई सम्बोधन गरिरहेका थिए । जसलाई रूसको सरकारी टेलिभिजन रोसया २४ मा प्रत्यक्षप्रसारण गरिरहेको थियो ।

सम्बोधनमा पुटिलले दाबी गरे ‘छिमेकीविरुद्ध हाम्रो कुनै गलत मनसाय छैन ।’ उनले दुई देशबीचको सम्बन्धलाई थप खराब गर्ने गरि युक्रेनले कुनै कदम अघि नबढाउनेमा आफूहरु विश्वस्त रहेको बताए ।

उनले भने, ‘मलाई लाग्छ सबैले अब यस बारेमा सोच्न आवश्यक छ कि सम्बन्ध सामान्य कसरी हुने छ, सामान्य रुपमा एक अर्काको मद्दत रहोस् र सम्बन्धमा सुधार आओस् ।’

रुसी सेनाको कारबाही रुसविरुद्धको केही कारबाहीको जवाफ भएको पुटिनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *