चीनले रक्षा बजेटमा भारी वृद्धि गरेपछि पश्चिमी देशहरुमा तरंग

डिसी नेपाल
२१ फागुन २०७८ १०:२२

काठमाडौं। चीनले शनिबार आफ्नो २०२२ सालको रक्षा बजेटमा ७.१ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ । अमेरिकापछि सबैभन्दा ठूलो रक्षा बजेट चीनकै छ । समाचार एजेन्सी एएफपीका अनुसार एक सरकारी बजेट रिपोर्टबाट चीन सरकारले २३० अर्ब डलर आफ्नो राष्ट्रिय सुरक्षाको लागि विनियोजन गरेको खुलासा भएको छ ।

चीनको सरकारी अखबार ग्लोबल टाइम्समा पनि विशेषज्ञको हवाला दिँदै सकारात्मक आथिृक विकास र सुरक्षा खतरा बढेका कारण चीनले आफ्नो रक्षा बजेट बढाएको बताइएको छ । यसअघि मार्च २०२१ मा चीनले २०९ अर्ब डलरको रक्षा बजेट पेश गरेको थियो । गत वर्ष चीनको रक्षा बजेट ६.८ प्रतिशत बढेको थियो । त्यसअघि २०२० मा कोरोना महामारीका बेला पनि चीनको रक्षा बजेट ६.६ प्रतिशत बढेको थियो ।

चीनको रक्षा बजेटको वृद्धि उसको वार्षिक कूल गार्हस्थ उत्पादनको अनुमानित वृद्धि भन्दा पनि धेरै छ । प्रधानमन्त्री ली केकियांगले शनिबारबेइजिङको वार्षिक कूल गार्हस्थ उत्पादन वृद्धिदर ५.५ प्रतिशत रहन सक्ने अनुमान गरिएको घोषणा गरेका थिए । समाचार एजेन्सी एएफपीका अनुसार संसदको वार्षिक सत्रको उद्घाटनमा ली केकियांगले भने ‘बेइजिङले सैन्य प्रशिक्षण र युद्धको तयारीलाई बढाउनेछ र चीनको सम्प्रभूता, सुरक्षा र विकासका हितको रक्षा गर्नेछ ।’

गत हप्ता जर्मनीले पनि रुसको आक्रमणतालाई दृष्टिगत गर्दै रक्षा बजेटमा ठूलो वृद्धि गरेको थियो । जर्मनीले यस वर्ष आफ्नो सहस्त्र बलको विशेष कोषमा १०० अर्ब युरो दिने निर्णय गरेको थियो । जर्बनीको रक्षा बजेट अहिले कूल गार्हस्थ उत्पादनको २ प्रतिशत छ । यसअघि २०२१ मा जर्मनीको कूल रक्षा बजेट ४७ अर्ब युरो थियो । समाचार एजेन्सी रोयटर्सका अनुसार जर्मनीले आफ्नो पुरानो भइसकेको डोरनाडोको ठाउँमा अमेरिकासँग एफ–३५ लडाकू विमान किन्न सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *