अमेरिकी विदेशमन्त्रीले भने – ‘युक्रेनले रुससँग युद्ध जित्छ’

डिसी नेपाल
२१ फागुन २०७८ १०:४९

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले रुससँगको जारी युद्ध युक्रेनले जित्ने दावी गरेका छन् । बीबीसीलाई दिएको एक अन्तरवार्तामा उनले युक्रेनले युद्ध जित्छ भन्ने आफूलाई विश्वास भएको बताए । उनले भने ‘यदि रुसको उद्देश्य युक्रेनको सरकार ढलाएर त्यहाँ आफ्नो कठपुतली सरकार बनाउने हो भने साढे ४ करोड युक्रेनीले यसलाई स्वीकार गर्ने छैनन् ।’

ब्लिंकनले यो युद्ध सम्भवतः रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जस्तो सोचेका थिए त्यस्तो नभएको बताए । उनले युक्रेनी सेनाको तर्फबाट पाएको टक्करका कारण रुसको सेनाले ९ दिनमा पनि युक्रेनमा कब्जा गर्न नसकेको बताए । ब्लिंकेनले आफ्नो ६ दिने युरोप भ्रमणको पहिलो दिन बीबीसीका कूटनीतिक संवाददाता जेम्स ल्याण्डेलसँग कुरा गरेका हुन् ।

युक्रेनले युद्ध जित्छ भन्ने भरोसा छ ? भन्ने प्रश्नमा ब्लिंकेनले भने ‘बिल्कुल, समयको साथमा । म तपाइँलाई यो भन्न सक्दिन कि युद्ध कहिलेसम्म चल्छ । यो पनि बताउन सक्दिन कि यसमा कति समय लाग्छ । तर रुसविरुद्ध साढे ४ करोड युक्रेनी आफ्नो स्वतन्त्रता र भविष्यको लागि लडिरहेका छन् । एक यस्तो युक्रेनको लागि लडाइँ जारी छ जसमा रुसको दखल नहोस् । यसले आफैंमा धेरै कुरा भन्छ ।’

युद्ध समाप्त गर्नको लागि अमेरिका रुसमा सत्ता परिवर्तन गर्न चाहन्छ ? भन्ने प्रश्नको जवाफमा ब्लिंकेनले भने ‘हामी यो चाहँदैनौं र कुनै पनि स्थितिमा हामीले यो तय गर्न पनि सक्दैनौं । रुसका जनताले आफ्नो नेतृत्व तय गर्नुपर्ने आवश्यकता छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *