रुसमा हजारौं नागरिक गिरफ्तार

डिसी नेपाल
२१ फागुन २०७८ १४:२७

काठमाडौं। रुस र युक्रेनबीच जारी युद्ध अब विष्फोटक रुप लिइसकेको छ । स्थिति निकै खराब भइसकेको छ । रुसले शनिबार युक्रेनका २ सहरमा अस्थायी युद्धबिराम गरेको भए पनि अन्यत्र आक्रमण जारी छ । यही बीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कठिनाइ पनि निकै बढेको छ । विश्वले रुसविरुद्ध विभिन्न प्रतिबन्ध लगाइरहेका बेला राष्ट्रपति पुटिन आफ्नै देशमा पनि घेराबन्दीमा परेका छन् । कैयौं वर्षपछि अहिले रुसमा ठूलो परिमाणमा प्रदर्शन भइरहेका छन् । यो प्रदर्शन राष्ट्रपति पुटिन र उनको रणनीति विरुद्ध भइरहेको छ ।

रुसमा युद्धविरोधी प्रदर्शनले ठूलो रुप लिँदै गएको छ । समाजका हरेक क्षेत्रका नागरिक यो प्रदर्शनमा सहभागी हुन थालेका छन् । प्रदर्शन बढ्दै जाँदा यसविरुद्ध प्रशासनको कारवाही पनि कडा हुँदै गइरहेको छ । पछिल्लो तथ्यांकअनुसार युद्धको विरोध गर्ने ७ हजार ६६९ प्रदर्शनकारीलाई गिरफ्तार गरिएको छ । पछिल्लो समय रुसका जनता मात्र नभइ ठूला कम्पनीहरु पनि युद्धको विरोधमा उत्रिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *