जेलेन्स्कीले गरे बाइडेन र बेन्नेटसँग टेलिफोन वार्ता, युद्ध अन्त्यका लागि मध्यस्थता गर्न इजरायल तयार
किभ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग टेलिफोन वार्ता गरेका छन्। बाइडेनसँगको वार्तामा सुरक्षा, युक्रेनलाई आर्थिक सहयोग र रुसमाथि प्रतिबन्ध लगाउने विषयमा छलफल भएको राष्ट्रपति जेलेन्स्कीले एउटा ट्विटमा उल्लेख गरेका छन्।
जेलेन्स्कीले इजरायलका प्रधानमन्त्री नाफतली बेन्नेटसँग पनि टेलिफोन वार्ता गरेका छन्। जेलेन्स्कीसँग छलफल गर्नुअघि बेन्नेटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई मस्कोमा भेट गरेका थिए।
इजरायल अमेरिकाको प्रमुख साझेदार भए पनि प्रधानमन्त्री बेन्नेटले रुससँगको सम्बन्धलाई पनि मझबुत बनाउन खोजेका छन्। जेलेन्स्कीको अनुरोधमा इजरायल रुस र युक्रेनबीच मध्यस्थता गर्न इच्छुक देखिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment