टिकट बिना जहाजसम्म मानिस पुगेकोबारे अध्ययन गर्न बनाएको समितिले गृहमन्त्रीलाई बुझाएकाे प्रतिवेदनमा के छ?

डिसी नेपाल
२३ फागुन २०७८ ६:४८

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उडान भर्न लागेको नेपाल एयरलाइन्सको विमानमा पासपोर्ट र भिसा नभएको एक व्यक्ति पुगेको घटनाको सम्बन्धमा छानबिन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाणलाई आफ्नो प्रतिवेदन बुझाएको छ।

गृह मन्त्रालयमा समितिका संयोजक अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले प्रतिवेदन गृहमन्त्री खाणसमक्ष पेस गरेका हुन्। फागुन नौ गते राति हवाइ जहाजको टिकट र भिसा नभएको व्यक्ति विमानस्थलभित्र छिरेर जहाजसम्म पुगेपछि सुरक्षाबारे चर्चापरिचर्चा भएको थियो।

गृहमन्त्री स्तरीय निर्णयबाट फागुन १३ गते समिति गठन भएको विमानस्थल सुरक्षा अवस्था तथा सुधारका उपायहरू सम्बन्धमा सिफारिस गर्न भन्दै समिति गठन भएको थियो।

समितिमा महासेनानी अनुप अधिकारी, प्रहरी उपरीक्षक बेद विष्ट, कामु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, उप–अनुसन्धान निर्देशक विष्णमणि आचार्य, हवाई सुरक्षा निर्देशक बासुदेव भट्टराई, नेपाल बायु सेवा निगमका निर्देशक अनिल घिमिरे, सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल तथा गृह मन्त्रालयका उपसचिव गोमा चेम्जोङ सदस्य थिए।

समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री खाणले रिपोर्ट कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने बताए। ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न निकायको तालमेल हुन्छ। तसर्थ कार्यान्वयनका लागि पनि सबै निकायको तालमेल चाहिन्छ,’ गृहमन्त्री खाणले भने, ‘सबैसँगको तालमेलमा रिपोर्ट कार्यान्वयनको प्रक्रिया अगाडि बढ्छ।’

उनले विमानस्थल भित्र नागरिक छिरेर जहाजमै पुग्नु संवेदनशील भएको भन्दै त्यो घटना कसरी भएको हो? कसको कमजोरीले भएको हो? पर्यटन, अर्थसहितको सल्लाहमा दोषीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने गृहमन्त्री खाणले बताए।

कोभिड–१९ को प्रकोप घटेको र व्यवस्थापन गर्न सरकार सफल भएको भन्दै अब अझै पर्यटकको आगमन बढ्ने भन्दै गृहमन्त्री खाणले जति आगमन बढ्यो, त्यति सुरक्षा संवेदनशीलता बढ्ने भन्दै सचेत रहन सम्बन्धीत निकाय चनाखो रहनुपर्ने बताए।

राष्ट्रको सुरक्षा सबैको मुल दायित्वभएको भन्दै अझ अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा झनै सम्वेदनशील भएको बताए। उनाँले यो काम गाह्रो भएपनि सबै मिलेर गर्नै गर्ने बताए।

प्रतिवेदन बुझाउँदै अध्यागमन विभागका महानिर्देशक तथा समितिका संयोजक भट्टराईले आफूहरूले प्रहरी प्रतिवेदन, अभियुक्तलाई विमानस्थलमै पु¥याएर लिएको जानकारी तथा सिसिटिभी फुटेजका आधारमा प्रतिवेद नतयार पारिएको जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *