प्रेमको उतारचढावमा ‘आधा खुशी’

डिसी नेपाल
२३ फागुन २०७८ ८:५१
16
Shares

काठमाडौं। निर्देशक घनश्याम लामिछाने निर्देशित टेलिफिल्म ‘आधा खुशी’को ट्रेलर रिलिज भएको छ । प्रज्ञा फिल्मस्को व्यानरमा निर्माण भएको टेलिफिल्मको लेखक प्रदीप भारद्वाज हुन्। पारिवारिक प्रेमकथामा निर्माण भएको ‘आधा खुशी’ले एक युवाको प्रेममा आउने उतारचढावको कथा भन्छ।

प्रज्ञा जोशीले निर्माण गरेको टेलिफिल्ममा सरोज खनालब, प्रज्ञा जोशी, लव शर्मा, भावु लम्साल, रिस्ता बस्नेत, सुस्मा कार्की, तेज गिरी, पुष्प लुँइटेल, दिपेश लामिछाने, निभा अधिकारी, विष्णु गौतम, राजेन्द्र थापा, राजकुमार फुँयाल, संगीता बस्याल, अस्मिता खनाललगायतका कलाकारको अभिनय रहेको छ।

यो टेलिफिल्म चैत ७ गतेदेखि सिटि वान टेलिभिजन र ओएसआर मुभिजबाट प्रसारणमा आउँदै छ। टेलिफिल्ममा हरि लामा घलेको छायांकन, मिलन श्रेष्ठको सम्पादन, जुनिम गहतराजको कलर, श्याम लामाको मेकअप, बिकास चौधरीको संगीत रहेको छ । सिरियलकी सहलेखक सबु सुवेदी हुन्।

निर्देशक लामिछानेले यसअघि ‘धौली’, ‘पन्चेबाजा’ र ‘अग्निदहन’ लगायतका फिल्म निर्देशन गरिसेकका छन्। निमात्री जोशी पनि टेलिफिल्म ‘सिन्दुर’ पछि टेलिफिल्म निर्माणमा फर्किएकी छन्। उनले ‘सम्झना’, ‘सपूत’, ‘न बिर्से तिमीलाई न पाए तिमीलाई’, ‘नोटबुक’ लगायतकाका फिल्म निर्माण गरिसकेकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *