साउथ सुपरस्टार प्रभासले पठाए नेपाली फ्यानलाई सन्देश
काठमाडौं। साउथ सुपरस्टार प्रभासले नेपाली दर्शकलाई सम्बोधन गर्दै भिडियो सन्देश पठाएका छन्। एक भिडियो सन्देशमार्फत उनले आफ्नो रिलिजको क्रममा रहेको फिल्म ‘राधे श्याम’लाई अघिल्ला फिल्मझैँ माया गर्न आग्रह गरेका छन्।
‘नमस्ते नेपाल । मेरो फिल्म राधेश्याम ११ मार्चमा नेपालका फिल्म हलहरूमा रिलिज हुँदै छ। हेरेर माया गरिदिनुहोला,’ आफ्नो सन्देशमा प्रभासले भनेका छन् । उनले यो भिडियो सन्देश फिल्म ‘राधे श्याम’को नेपाल वितरकलाई पठाएका हुन्।
फिल्म आउँदो शुक्रबारदेखि नेपालमा पनि प्रदर्शन हुँदै छ। फिल्ममा प्रभासले पूजा हेग्डेसँग अनस्क्रिन रोमान्स गरेका छन् । सन् १९७० को युरोपको सेटिङमा बनेको यो रोमान्टिक फिल्मलाई राधाकृष्ण कुमारले निर्देशन गरेको हुन्।
‘बाहुबली’को प्रदर्शनयता नेपालमा पनि प्रभासको फ्यान छन्। उनको पछिल्लो रिलिज ‘साहो’को इनिसियल कलेक्सनले पनि यसलाई प्रस्ट्याइसकेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment