रूसले युक्रेनमाथि लगायो गम्भीर आरोप
काठमाडौं । रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभले युक्रेनमा नागरिकहरूलाई “तथाकथित स्थल प्रतिरक्षा फौज” ले “बन्दी” बनाएको र उनीहरूलाई “मानवढाल”का रूपमा प्रयोग गरेको आरोप लगाएका छन्।
युक्रेनी समकक्षीसँग टर्कीमा भेट गरेपछि बोल्दै उनले त्यसो भनेका हुन्।
युक्रेनी विदेशमन्त्रीसँगको भेटमा “मानवीय विषयबारे टर्कीका मित्रहरूले लिएको अग्रसरता” बारे छलफल भएको उनले बताए।
उनले नागरिकहरूलाई अन्यत्र जाने निकासमार्ग रुसले दिइरहेको दाबी गरेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment