बलिउडमा इन्ट्री गर्दै महेश बाबु ?

डिसी नेपाल
२७ फागुन २०७८ ११:५८
276
Shares

काठमाडौं। निर्देशक एसएस राजामौलीले पछिल्लो समय फिल्म ‘आरआरआर’ प्रदर्शनमा व्यस्त छन्। कोरोनाभाइरसको महामारीका कारण पटक पटक डेट सारिएको फिल्म अन्ततः यही मार्चमा प्रदर्शन हुँदै छ।

यसैले गर्दा पनि उनको व्यस्तता बढेको छ। निर्देशक राजमौलीसँगै जुनियर एनटिआर र राम चरणको अभिनय रहेकाले पनि फिल्म प्रतिक्षित छ। यसपछि निर्देशक राजामौलीले के गर्नेछन् त? यो जिज्ञाषा दर्शकसँगै फिल्मकर्मी माझ पनि उत्तिकै छ।

’आरआरआर’ प्रमोसनकै क्रममा उनले अब के गर्दै? भन्ने प्रश्नको सामना गरिरहेका छन्। यसैबीच उनले साउथका अर्का स्टार महेश बाबुसँग काम गर्न लागेको चर्चा बढेको छ। यसै फिल्ममार्फत महेश बाबुको बलिउड इन्ट्री हुने चर्चा समेत बढेको छ। प्रभास पश्चात बलिउड प्रवेश गर्ने लिस्टमा महेश बाबु रहेको चर्चा बि-टाउनमा छ।

अल्लु अर्जुन, यश, रवि तेजा लगायतको फिल्म हिन्दीमा डबिङ भएर प्रदर्शन भइरहेको छ। प्रभासले ’साहो’ हिन्दीमै तयार गरेका थिए। साउथ इन्डियन फिल्महरू मार्फत बलिउडका दर्शकमाझ पनि राम्रो फ्यान फलोईङ बनाएका महेश बाबुको निर्माण समेत फिल्ममा रहनेछ।

‘बिग बजेट’ फिल्म ऐतिहासिक कथावस्तुमा आधुनिक विषयवस्तुमा केन्द्रीत रहने चर्चा समेत बढेको छ। निर्देशक राजामौली र महेश बाबुले यसबारेमा औपचारिक जानकारी भने दिएका छैनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *