अमेरिकी राष्ट्रपति बाइडेनले क्रिप्टोकरेन्सी सम्बन्धी अहम कार्यकारी आदेश जारी गरे

डिसी नेपाल
२७ फागुन २०७८ १५:३६

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार क्रिप्टोकरेन्सीको सरकारी निगरानी सम्बन्धी एक अहम कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यो डिजिटल मुद्रालाई नियमित गर्ने दिशामा अमेरिकी सरकारको पहिलो कदम हो । यो आदेशमा संघीय रिजर्भलाई देशको केन्द्रीय बैंक क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न हुनु पर्ने वा नपर्ने र आफ्नो डिजिटल मुद्रा बनाउनु पर्ने वा नपर्ने भन्ने विषयमा जाँच गर्न आदेश दिइउको छ ।

यो कार्यकारी आदेशमार्फत बाइडेनले वित्तिय स्थिरता र राष्ट्रिय सुरक्षामा क्रिप्टोकरेन्सीको प्रभावको अध्ययन गर्नको लागि ट्रेजरी विभाग र अन्य संघीय एजेन्सीहरुलाई पनि निर्देशन दिएका छन् । बाइडेनका शीर्ष आर्थिक तथा राष्ट्रिय सुरक्षा सल्लाहकार ब्रायन डीज र जेक सुलिभानले यो आदेशले अमेरिकाको लागि पहिलो व्यापक संघीय डिजिटल सम्पत्ति रणनीति स्थापित गर्ने बताएका छन् ।

डीज र सुलिभानले बुधबार संयुक्त बयान जारी गर्दै भनेका छन् ‘यसले अमेरिकालाई देशभित्र र विदेशमा डिजिटल सम्पत्तिको पारिस्थितिक तन्त्रको निगरानी र नियन्त्रणमा अग्रणी भूमिका निभाउन मद्दत गर्नेछ । यसले एक प्रकारले उपभोक्ताको रक्षा गर्छ । यसका अलावा यो हाम्रा लोकतान्त्रिक मूल्य र मान्यता अनुरुप छ र यसले अमेरिकाको विश्वमा प्रतिस्पर्धा गर्ने क्षमतालाई बढाउनेछ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *