रुसका बरिष्ठ जनरलको लडाइँमा मृत्यु

डिसी नेपाल
२८ फागुन २०७८ १०:२१

काठमाडौं। युक्रेन र रुसबीच जारी युद्धका क्रममा युक्रेनी सेनाको कारवाहीमा रुसका एक उच्च पदस्थ अधिकारीको मृत्यु भएको युक्रेनको सेनाले दावी गरेको छ । युक्रेनको गृह मन्त्रालयका सल्लाहकारको दावी अनुसार मेजर जनरल एन्ड्रेइ कलएसनिकोफ रुसको पूर्वी सैन्य जिल्लाको २९ औं सेनाका कमाण्डर थिए ।

पश्चिमी देशका अधिकारीहरुले पनि यो कुराको पुष्टि गरेका छन् । यद्यपि अधिकारीहरुले जनरलको नाम लिएका छैनन् । रुसले अहिलेसम्म यस विषयमा कुनै टिप्पणी गरेको छैन । रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि अहिलेसम्म कथित रुपमा एउटै बरियताका कम्तीमा २ सैन्य अधिकारीहरुको मृत्यु भएको छ । यसअघि विश्लेषकहरुले युद्धको मैदान र आसपाु करिष्ठ रुसी सैनिकको उपस्थितिले रुसको अभियान योजना अनुसार नचलेको संकेत गरेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *