रुस युक्रेन युद्धले भयानक महामारीको खतरा, विश्व स्वास्थ्य संगठनको चेतावनी

डिसी नेपाल
२८ फागुन २०७८ १०:४८

काठमाडौं। रुस र युक्रेनबीच १७ दिनदेखि युद्ध जारी छ । यो युद्धले ठूलो मात्रामा मानिसहरुको ज्यान गएको छ र अरबौंको आर्थिक नोक्सानी भएको छ । यतिमात्र होइन यो युद्धले कोभिड महामारी भयानक रुपले फैलिने खतरा पनि बढेको छ । युद्धका बीच युक्रेनबाट ठूलो संख्यामा मानिसहरु पलायन भइरहेका छन् । यसबाट कोभिड संक्रमणको खतरा बढेको छ किनकि यी मानिसहरुलाई जुन अवस्थामा निकालिएको छ यस्तोमा कोभिड परीक्षण गर्नु सम्भव छैन । जसका कारण फेरि कोभिड महामारीको खतरा बढेको छ ।

विश्व स्वास्थ्य संगठनले शुक्रबार चेतावनी जारी गर्दै रुस युक्रेन युद्धले कोभिड महामारीको खतरा बढिरहेको बताएको छ । विश्व स्वास्थ्य संगठनले भनेको छ ‘उद्धारको क्रममा मानिसहरुको आवतजावत बढेको छ । यसका साथै यी देशहरुमा खोप अभियान, उपचार र कोभिड जाँच अवरुद्ध भएको छ ।’ विश्व स्वास्थ्य संगठनभन्दा पहिले नाइजेरियाले पनि यसतर्फ संकेत गरेको थियो ।

नाइजेरियाको स्वास्थ्य मन्त्रालयले जारी गरेको बयानमा युक्रेनबाट निकालिएका मानिसहरुमध्ये ६० जना कोरोना संक्रमित पाइएको बताइएको थियो । यसका अलावा अमेरिकाको पेन्सलभेनियामा शोधकर्ताहरुले ९३ हरिणहरुको मृत्युपछि जाँच गरेका थिए । यसमा हरेक ५ मध्ये एक हरिणमा कोरोना संक्रमण पाइएको थियो । त्यसपछि यी हरिणको मृत्यु जुन कोरोनाका कारण भएको थियो त्यो मानिसको लागि कत्तिको खतरनाक छ भन्ने विषयमा जाँच भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *