रुसमा इन्स्टाग्राममाथि प्रतिबन्धको तयारी

डिसी नेपाल
२८ फागुन २०७८ १५:५६

काठमाडौं। युक्रेनमाथि आक्रमणको बीच रुसले सामाजिक संजालमाथिको प्रतिबन्धलाई कडा पारिरहेको छ । अहिले रुसमा इन्स्टाग्राममाथि प्रतिबन्ध लगाउने तयारी भइरहेको छ । रुसका सैनिकहरुविरुद्ध हिंसालाई बढावा दिएको आरोपमा इन्स्टाग्राममाथि यो कारवाही गरिँदैछ । खासमा इन्स्टाग्रामको माउ कम्पनी मेटाले आफ्ना युजरहरुलाई केही देशमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रुसी सैनिकविरुद्ध हिंसाको आह्वान गर्न अनुमति दिने बताएको थियो ।

यसको अर्थ यो हो कि केही देशहरुमा मेटाले अस्थायी रुपमा रुसी सैनिकहरुविरुद्ध हिंसाजन्य पोस्ट गर्ने अनुमति दिनेछ । यद्यपि मेटाले यो छुटमा रुसी नागरिकविरुद्ध हिंसाजन्य पोस्ट गर्ने अनुमति भने नदिइने बताएको छ । मेटाले आफ्नो नीतिमा यस्तो परिवर्तन गरेपछि रुसले अमेरिकासँग सामाजिक संजालहरुलाई यस्ता गतिविधि गर्न रोक लगाउन भनेको छ ।

इन्टरफ्याक्स समाचार एजेन्सीका अनुसार रुसको जाँच समितिले शुक्रबार मेटाविरुद्ध आपराधिक जाँच सुरु गर्न भनेको छ । ४ मार्चमा रुसमा फेसबुकमाथि प्रतिबन्ध लगाइएको थियो । मेटाले नै फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप जस्ता सामाजिक संजाल चलाउँछ । अहिलेसम्म रुसमा ह्वाट्सएप भने बन्द गरिएको छैन । यो सामाजिक संजाल भन्दा पनि म्यासेन्जिङ एप हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *