सांसदले आफ्नो निर्वाचन क्षेत्रमा मासु पसलमाथि प्रतिबन्ध लगाए

डिसी नेपाल
२८ फागुन २०७८ १६:४४

काठमाडौं। भारतको उत्तर प्रदेशमा भारतीय जनता पार्टी स्पष्ट बहुमतका साथ सरकार बनाउन गइरहेको छ । यही बीचमा गाजियाबादको लोनी क्षेत्रबाट दोस्रोपटक विधायक निर्वाचित भएका नन्दकिशोर गुर्जर आफ्नो बयानका कारण चर्चामा छन् ।

यसपटक उनले सरकारी अधिकारीहरुलाई चेतावनी दिए । उनले भने ‘लोनीका अधिकारीहरुले बुझुन्, एउटा पनि मासुको पसल इलाकामा देखिनु हुँदैन । लोनीमा रामराज्य चाहिन्छ त्यसैले दुध घिउ खाउ दण्ड बैठक गर ।’

यसअघि चुनाव प्रचारको क्रममा गुर्जर आफ्ना बयानका कारण निशानामा आएका थिए । जनवरीमा उनले लोनीको हाजीपुर गाउँमा चुवानी अभियानमा भनेका थिए ‘जसले अलीको नाम लिन्छन् उनीहरु पाकिस्तान जानुपर्छ । त्यतिबेला उनले समाजवादी पार्टीको आतंकवादी संगठन हिजबुल मुजाहिद्दीनसँग सम्बन्ध भएको विवादित दावी गरेका थिए ।

गुर्जरले भनेका थिए ‘अलीको नाम लिनेहरुले लोनी छोड्नुपर्छ । यो चुनावपछि लोनीमा पूर्ण रामराज्य हुनेछ ।’ उनले अगाडि समाजवादी पार्टी पाकिस्तानी पार्टी भएको दावी गरेका थिए । अहिले उनीसँग यसबारे प्रश्न सोधिँदा उनले आफ्नो बयानबारे आफूलाई पछुतो नभएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *