उत्तर, पश्चिम र उत्तरपूर्वबाट घेरा हाल्दै किभनजिकै पुग्यो रुसी फौज

डिसी नेपाल
२९ फागुन २०७८ ९:४७
1.6k
Shares

किभ। रुसी फौज युक्रेनको राजधानी किभनजिकै पुगेको छ। उत्तर, पश्चिम र उत्तरपूर्वबाट घेरा हाल्दै रुसी फौज किभनजिकै पुगेको  हो। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अ‌ाफ्ना सेनासँग दशकौंपछि ठूलो क्षति सामना गरेपछि रुसले नयाँ फौजहरु युक्रेन परिचालन गरेकाे बताइरहेका बेला रुसी सेना किभनजिकै पुगेको हो।

रुसी फौजले किभनजिकको गाउँ छाडेर सुरक्षित क्षेत्रतर्फ बढिरहेका महिला र बालबालिकाको समूहमा गोली चलाएको युक्रेनले जनाएको छ। शनिबार युक्रेनका विभिन्न शहरहरुबाट करिव १३ हजार सर्बसाधारणलाई सुरक्षित क्षेत्रतर्फ पठाइएको युक्रेनका उपप्रधानमन्त्रीले जानाकारी दिएका छन्। यो संख्या शुक्रबारको तुलनामा दोब्बर भएको बताइएको छ।

सर्बसाधरणलाई सुरक्षित स्थानमा लैजाने क्षेत्रमा रुसी सेनाले निरन्तर हमला गरिरहेको किभ र दोनेत्सेकका गर्भनरहरुले बताएका छन्।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले द्वन्द्व अन्त्य गर्न वार्तामा रुसले ‘आधारभूत रुपमा भिन्न दृष्टिकोण’ अप्नाएको बताएका छन्। यो दृष्टिकोण पहिलेको वार्ताविपरित भएको उनको भनाई छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *