रुसी हमलामा आवासीय भवनमा ठूलो क्षति: म्याक्स टेक्नाेलाेजी
किभ। युक्रेनको दक्षिणी सहर मारिओपोलमा नागरिक पूर्वाधारहरु र आवासीय भवनहरुमा अत्यधिक क्षति भएको पछिल्लो स्याटलाईट तस्विरहरुले देखाएको छ। कृष्ण सागर बन्दरगाह सहरको पश्चिमा खण्डमा आगो देखिएको हाइ रिजोलुसन तस्विरहरुले देखाएको छ।
अमेरिकी निजी कम्पनी म्याक्सर टेक्नोलोजीले सार्वजनिक गरेको तस्विरमा दर्जनौं क्षतिग्रस्त अग्ला अपार्टमेन्ट देख्न सकिन्छ। युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले आफ्नो देशमा आक्रमण गर्ने रुसी सेनाले मारिउपोललाई घेरेको भए पनि युक्रेन अझै पनि आफूहरुकै नियन्त्रणमा रहेको बताए।
डक्टरर्स वीदआउट बोडर्सका अनुसार मारिओपोलको अवस्था निराशजनक छ। त्यहाँ पानी र तापको अभाव छ भने खाद्य आपूर्ति घटिरहेको छ। ‘लाखौं मानिसहरु..सबै उदेश्य र अभिप्रायका लागि घेरिएका छन्,’ मेडिकल च्यारिटीको युक्रेन सञ्चालनको नेतृत्व गर्नेहरूमध्ये स्टेफेन कोरनिस भन्छन्।
२४फेब्रुवरीदेखि युक्रेनमा गरेको रुसी हमला र १२ दिने नाकाबन्दीका कारण मारिओपोलमा कम्तीमा १५८२ सर्बसाधारण मारिएका त्यहाँको सिटी काउन्सिलले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment