पेटिएमका संस्थापक अर्बपति विनय शेखर शर्मा पक्राउ

डिसी नेपाल
२९ फागुन २०७८ १२:३०
2.3k
Shares

काठमाडौं । डिजिटल भुक्तानी कम्पनी पेटिएमका संस्थापक अर्बपनि विनय शेखर शर्मा पक्राउ परेका छन् । उनलाई दिल्ली पुलिसले पक्राउ गरेको हो । जानकारी अनुसार दिल्ली पुलिसले उनलाई सडकमा गाडीले ठक्कर दिएको आरोपमा पक्राउ गरेको हो । पक्राउ गरेको केही समयपछि उनलाई धरौटीमा रिहा गरिएको छ । घटना गएको फेब्रुअरीमा भएको थियो ।

त्यतिबेला मदर इन्टरनेशनल स्कुल अगाडिबाट आफ्नो जगुआर ल्याण्डरोभर कारमा जाँदै गर्दा शर्माले दक्षिणी दिल्लीकी डेप्युटी कमिश्नर अफ पुलिस बेनिता मेरी ज्याकरको कारलाई तीब्र गतिमा ठक्कर दिएका थिए । यही आरोपमा उनलाई गिरफ्तार गरिएको हो । जानकारीका अनुसार त्यतिबेला डिसीपीका ड्राइभर दीपक कार लिएर अरविन्दो मार्कमा पेट्रोल भर्न गएका थिए । त्यही बेला ठक्कर दिएर शर्मा आफ्नो कारमा भागेका थिए ।

डिसीपीका ड्राइभरले ठक्कर दिने कारको नम्बर नोट गरेर डिसीपीलाई यसको जानकारी दिए । डिसीपीकै निर्देशनअनुसार दीपकले मालवीय नगर थानामा उजुरी दिएका थिए । पुलिसले जाँच गर्दा कारको नम्बर गुरुग्रामको एक कम्पनीको नाममा दर्ता भएको पाइयो । त्यसपछि कम्पनीमा सोधपुछ गर्दा त्यो कार विनय शेखर शर्माले प्रयोग गर्ने गरेको पत्ता लाग्यो । त्यसपछि शर्मालाई पक्राउ गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *