यात्रु बिरामी भएपछि एयर एसियाको विमानको आकस्मिक अवतरण, अस्पताल लैजाँदै गर्दा मृत्यु
काठमाडौं। बैंगलोरबाट कोलकाता गइरहेको एयर एसियाको विमान मेडिकल इमरजेन्सीका कारण ओडिशाको राजधानी भुवनेश्वरमा आकस्मिक अवतरण गरिएको छ । एयर एसियाको विमान २४७२ आइतबार बिहान बिजु पटनायक अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको थियो । जहाजमा यात्रा गरिरहेका एक यात्रु अचानक बिरामी भएपछि बिहान ७ बजेर ५६ मिनेटको समयमा विमान अवतरण गरिएको थियो ।
यद्यपि विमान अवतरण गरिए पनि ती यात्रुको ज्यान भने बचेन । अस्पताल लैजाँदै गर्दा ती व्यक्तिको बाटोमै मृत्यु भएको छ । जानकारीका अनुसार पश्चिम बंगालको पुरबा मेदनीपुरका ३३ वर्षका यात्रु तैमूर अली खान बचानक बिरामी परेका थिए । उनलाई पहिले विमानभित्रै प्राथमिक उपचार दिइएको थियो तर सुधार नभएपछि विमान आकस्मिक अवतरण गरिएको थियो ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment