शेन वार्नको निधनपछि यी महिलाले खोलिन् कैयौं रहस्य

डिसी नेपाल
२९ फागुन २०७८ १६:०२

काठमाडौं। अस्ट्रेलियाका दिग्गज क्रिकेट खेलाडी शेन वार्नको निधन भएको एक हप्ताभन्दा बढी भएको छ । थाइल्याण्डमा ४ मार्चमा शेन वार्नको हृदयाघातका कारण निधन भएको थियो । उनको पार्थिव शरीरलाई अस्ट्रेलिया लगिएको छ । यही बीच शेन वार्नकी काउन्सिलरले वार्नको विषयमा कैयौं कुराहरु खुलासा गरेकी छिन् ।

द सनका अनुसार शेन वार्नकी काउन्सिलर लियान यंगले शेन वान विगत केही दिनयता निकै खुसी भएको बताएकी छिन् । उनका अनुसार वार्नलाई लागिरहेको थियो कि अझै उनको जीवनमा लगभग ३० वर्षको समय बाँकी छ । लियान यंग २०१५ देखि वार्नसँग जोडिएकी थिइन् र उनले वार्नलाई रिलेसनसिप सम्बन्धी सल्लाह दिने गर्थिन् ।

लियामका अनुसार शेन वार्नले भविष्यका विषयमा धेरै तयारी गरिरहेका थिए । उनले ३ महिनाको लागि विदा लिएका थिए ताकि उनी आफ्ना छोराछोरीसँग समय बिताउन सकुन् । स्वास्थ्यका विषयमा उनी धेरै चिन्तित थिएनन् र सोच्थे कि उनीसँग अझै ३० वर्ष बाँकी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *