एउटा कालो भालुका कारण जब पूरै विश्व भयानक विनाशको संघारमा पुग्यो
काठमाडौं। जनावर प्रवेश गर्नेदेखि लिएर एक डलरभन्दा कम मूल्यको कम्प्युटर चिप बिग्रिने जस्ता गल्ती त्यो लामो सूचीमा समावेश छन् जसका कारण परमाणु युद्ध सुरु हुने खतरा उत्पन्न भइसकेको छ । विश्वस गर्न भलै कठिन छ तर यस्तो भएको छ जतिबेला सामान्य गल्तीका कारण परमाणु युद्ध सुरु हुने संकट उत्पन्न भएको थियो ।
२५ अक्टोबर १९६२ को मध्यरात थियो र भिसकन्सिनमा एउटा ट्रक रनवेमा विमान रोक्नको लागि दौडिरहेको थियो । एक उडान रोक्नको लागि केही पल मात्र समय उपलब्ध थियो । यसको केही मिनेट पहिले दुलुथ सेक्टर डाइरेक्सन सेन्टरका एक गार्डले सेन्टरको बारमा चढ्ने प्रयास गरिरहेको एक आकृतिलाई देखेर गोली चलाए र अलर्ट घोषित गरिदिए । उनलाई डर थियो कि यो सोभियत संघ–क्युबाको संयुक्त मिसाइल आक्रमण हुन सक्छ ।
यस्तो लाग्यो कि त्यो एक आक्रमण नै थियो । इलाकाका सबै हवाइ अड्डामा अलार्म बजिरहेका थिए । नजिकैको भोल्क फिल्ड एयरबेसमा कसैले गलत बटन दबाइदिए जसका कारण स्ट्याण्डर्ड सेक्युरिटी वार्निङको सट्टा पाइलटहरुले आपतकालीन साइरनको आवाज सुन्न थाले मानौं उनीहरुलाई युद्धको लागि तयार हुन निर्देशन दिइएको होस् । तत्कालै उनीहरु आ–आफ्ना विमानमा थिए र परमाणु हतियार जडित विमान उडाउन तत्पर भइसकेका थिए ।
यो त्यो समय थियो जतिबेला जो कोही सतर्क थिए । यसको ठिक ११ दिन पहिले एक खुफिया विमानले क्युबामा गोपनीय ढंगले राखिएका लञ्चर, मिसाइल र ट्रकको तस्वीर खिचेको थियो । यसबाट आशंका हुन लाग्यो कि सोभियत संघ अमेरिकामा आक्रमणको तयारी गरिरहेको छ । विश्वभरका देशहरुलाई थाहा थियो कि यी दुई देशबीच एउटा गोलीले पनि स्थिति बिग्रिन सक्छ ।
तर, गार्डले जुन आकृति देखेका थिए त्यो मानिस थिएन । त्यो एउटा ठूलो कालो भालु थियो र त्यसलाई चिन्ने काममा गार्डबाट गल्ती भइसकेको थियो । तर, भोल्क फिल्डमा स्क्वाड्रन यो स्थितिबाट अञ्जान थिए । उनीहरुलाई बताइएको थियो कि यो कुनै अभ्यास ड्रिल होइन । जतिबेला उनीहरु आफ्ना विमानमा चढेका थिए त्यतिबेला उनीहरु पूर्ण रुपमा आश्वस्त भइसकेका थिए कि तेस्रो विश्वयुद्ध सुरु भइसकेको छ ।
यद्यपि बेस कमाण्डरले थाहा पाए कि के भएको थियो । भाइलटहरुलाई उडान भर्नबाट रोक्नको लागि एक अधिकारीले रोके जसले रनवेमा इन्जिन अन गरिसकेका विमानहरुलाई रोक्नको लागि रावेमा ट्रक दौडाइदिए । अहिले मानिसहरु १०६० को दशकको परमाणु युद्धको यो चिन्तालाई बिर्सिइसकेका छन् । तर, अहिले भइरहेको युद्धले परमाणु आक्रमणको खतरा बढाएको छ र पुरानो घटना सम्झाइदिएको छ ।







डिसी नेपाल







Facebook Comment