रुसी सेनाको हमलामा न्युयोर्क टाइम्सका पत्रकार मारिए

डिसी नेपाल
३० फागुन २०७८ ६:३०
504
Shares

किभ। रुसी सेनाको हमलामा न्युयोर्क टाइम्सका एक पत्रकार मारिएका छन्। इरपिन सहरमा रुसी फौजको हमलामा न्युयोर्क टाइम्सका भिडियो पत्रकार ब्रेन्ट रिनाउड मारिएको किभ क्षेत्रका प्रमुखले बताएका छन्। हमलामा अर्का एक जना घाइते भएका छन्।

इरपिनमा युक्रेन युद्धको समाचार रिपोर्ट गरेका भिडियो पत्रकार ब्रेन्ट रिनाउडको रुसी सेनाको गोली प्रहारमा मृत्यु भएको किभ प्रहरी प्रमुले पुष्टि गरेका छन्। गोली लागेर उनका पार्टनर घाइते बनका छन्।

ब्रेन्टको न्युयोर्क टाइम्सको प्रेस पास भए पनि उनी युद्ध क्षेत्रमा असाइनमेन्टमा नरहेको प्राप्त विवरणहरुमा जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *