युक्रेन संकटः रुसलाई धक्का, मारिए एकपछि अर्का जनरल

डिसी नेपाल
३० फागुन २०७८ १०:४४
7.9k
Shares

मस्को। युक्रेनमा जारी युद्धमा तेस्रा जनरल पनि मारिएका छन्। आठ दिनभित्र तेस्रा जनरलको मृत्युले युक्रेनमाथि हमला गरिरहेको रुसलाई अर्को झट्का लागेको छ। २९औं संयुक्त हतियार सेनाका मेजर जनरल आन्द्रेई कोलेस्निकोभ युक्रेन युद्धमा मारिने तेस्रो हाइ प्रोफाइलका सेना भएको युक्रेनले दाबी गरेको छ।

युक्रेन हमलामा २० रुसी सेनापतिहरु सहभागी भएको युक्रेन सरकारको विश्वास छ । रुसले अहिलेसम्म १७३ ट्यांक, १२ विमान, फौज बोक्ने ३४५ क्यारिअर गुमाएको पश्चिमा सञ्चार माध्यमहरुले दाबी गरेका छन्। यसको स्वतन्त्रत पुष्टि हुन बाँकी नै छ।

रुसी सेनाले आफै निर्णय गर्न नसकेको वा अगाडि बढ्न डराएकाले र सेनापतिहरु मोर्चा सम्हाल्दा जनरलहरुको हताहत भएको पश्चिमा अधिकारीहरुले टिप्पणी गरेका छन्। रुसको ४१ औं सेनाका प्रथम उपकमाण्डर ४५ वर्षीय मेजर जनरल भिटाली गेरासिमोभको हत्या भएको चार दिनपछि कोलेस्निकोभको मृत्यु भएको हो।

मारिएका जनरल गेरासिमोभ दोस्रो चेचेन युद्ध, सिरियामा रुसको सैन्य कारबाही र युक्रेनको महत्वपूर्ण क्षेत्र क्रिमियालाई बिलय गरानुअघिको सैन्य कारबाहीमा सहभागी थिए। गेरासिमोभ रुसको सशस्त्र फौज चिफ अफ जनरल स्टाफका छोरा हुन । गत साता मेजर जनरल एन्ड्रिइ सुखोभेत्स्काई मारिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *