शान्ति वार्ता जटिल र कठिन: जेलेन्स्की

डिसी नेपाल
३० फागुन २०७८ ११:५८
68
Shares

काठमाडौं । राष्ट्रपति जेलेन्स्कीले युक्रेनी तथा रुसी प्रतिनिधिहरूबीच जारी वार्तालाई जटिल तथा कठिन तर शान्तिसुरक्षाका निम्ति आवश्यक बताएका छन्।

उनले युक्रेनी अधिकारीहरू दुई देशका नेताबीच प्रत्यक्ष शान्तिवार्ताका निम्ति प्रयत्नरत रहेको बताए।

जुन वार्ता मानिसहरूले पर्खिरहेको पनि उनले बताए।

दुई पक्षबीचको थप कुराकानी सोमवार भिडिओ लिङ्कमार्फत् हुने बताइएको छ।

आइतवार दुई पक्षका वार्ताकारहरूले सतर्कतापूर्ण आशा प्रकट गरेका थिए।

यसबीच फ्रान्सका विदेशमन्त्री जाँ यिभ ल द्रियाँले एक फ्रेन्च रेडियोसँग कुरा गर्दै युक्रेनको लडाइँ लामो हुने भन्दै सबभन्दा खराब चरण आउनै बाँकी रहेको सम्भावना व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *