युक्रेनी सेनाको मिसाइल प्रहारमा २० सर्वसाधारको मृत्यु

डिसी नेपाल
१ चैत २०७८ ७:४६
856
Shares

किभ। युक्रेनी सेनाको मिसाइल प्रहारमा २० सर्वसाधारणको मृत्यु भएको रुसी सेनाले दाबी गरेको छ।

रुसी रक्षा मन्त्रालयका प्रवत्ता जनरल इगोर कोनासेन्कोभले पूर्वी सहर दोनेत्सेको मध्यभागमा युक्रेनी सेनाले सोभियत निर्मित टोच्का यु मिसाइल प्रहार गर्दा उनीहरुको मृत्यु भएको दाबी गरे। दोनेत्सक रुसी समर्थक बिखन्डनकारीको पकड रहेको क्षेत्र हो।

युक्रेनी हमलामा बालबालिकासहित अन्य २८ सर्वसाधारण गम्भीर घाइते भएको जनरल कोनासेन्कोभले बताएका छन्। युक्रेनी फौजको नियन्त्रणमा रहेको उत्तरपश्चिम क्षेत्रबाट दोनेत्सकमा मिसाइल प्रहार भएको उनले दाबी गरेका छन्।

सैन्य सुविधा नभएको दोनेत्सकको क्षेत्रमा भएको गोलाबारी र बम हमला युद्ध अपराध भएको उनले बताए। यसबारे युक्रेनले प्रतिकृया दिएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *