युक्रेनी अधिकारीले बताए रुससँग युद्ध कहिले र कसरी अन्त्य हुनेछ
काठमाडौं। युक्रेनको सरकारका सल्लाहकारले युक्रेन र रुसबीचको युद्ध मे महिनाको सुरुवातसम्म अन्त्य हुने बताएका छन् । उनले त्यतिबेलासम्म रुससँग युक्रेनमाथि आक्रमणको लागि संसाधन सकिने र युद्ध अन्त्य हुने बताएका हुन् ।
युक्रेनका राष्ट्रपतिका सल्लाहकार ओलेक्सी अरेस्टोभिचले सोमबार भने ‘मलाई लाग्छ मेको अन्त्यमा होइन मेको सुरुवातमा हाम्रो शान्ति सम्झौता हुनेछ ।’रुस युक्रेन युद्धको मे महिनामा बन्ने स्थितिका विषयमा उनले २ सम्भावनाहरु बताए ।
उनले भने एक वा दुई हप्तामा कुनै शान्ति सम्झौता हुन सक्छ र सेनाहरु फिर्ता जान सक्छन् । वा अर्को राउण्डमा सिरियाली लडाकूहरुको प्रयोगको कोसिस हुन सक्छ । अब हामीले उनीहरुलाई पनि मिचिदिनेछौं त्यसपछि मध्य अप्रिल वा अन्त्यमा सम्झौता हुन सक्छ ।
यसअघि अमेरिकाले दावी गरेको थियो कि रुसले युक्रेनमा लडाइको लागि सिरियाली लडाकूको प्रयोग गर्ने कोसिस गरिरहेको छ । यद्यपि यो दावीको पुष्टि हुन सकेको छैन । ओलेक्सी अरेस्टोभित्र युक्रेन र रुसको वार्तामा सहभागी छैनन् ।







डिसी नेपाल







Facebook Comment